Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Friday, December 19, 2008

गजल


भोकभोकै बस्नुपर्छ, एक्लै सबै खान्छु भन्दा
उल्टैलाग्छ आफैंलाई, अरुलाई हान्छु भन्दा

निर्दोशलाई बाँध्न खौज्दा, आफ्नै खुट्टो नेलमा पर्छ
आफ्नै जमिन धस्किनेछ, सबको खुट्टो तान्छु भन्दा

पराजय निश्चित छ, वैर गर्यौ सबै सित
भासिनेछौं तिमी आफैं, एक्लै पहाड थाम्छु भन्दा

अति गरे खति हुन्छ, भन्थे बुढापाकाहरु
समयले खोस्छ सधै, एक्लै सबै लान्छु भन्दा

बन्दुकले जित्ने हैन, मन जित्ने ठूलो मान्छे
आफ्नो सीमा तोक आजै, जनताले मान्छु भन्दा