तिम्रै अगाडि मुस्कुराइरहेको
फक्रिदो गुलाफ
कस्तो देखियो जवाफ
दिन
किन पल्टाउनु
परिरहेकोछ
तिम्रा धार्मिक
ग्रन्थका पन्नाहरू ?
तिमीले स्वयम
चुसीरहेको
पाकेको सुस्वादु
सुन्तलाको स्वाद
कस्तो लाग्यो भनेर
भन्न
किन सोध्न खोज्दै छौ
तिम्रा पुरोहित सित
?
तिमी स्वयमले भोगेको
पारिलो घामलाइ
न्यानो भन्न
किन हिच्किचाहट
हुन्छ तिमीलार्इ ?
उज्यालोलार्इ
उज्यालो भन्न
किन असहज हुन्छ
तिमीलार्इ ?
कालो देखिएको
चिजलार्इ
किन डरलाग्छ
तिमीलार्इ कालो भन्न ?
किन सिरेटोको
चिसोलार्इ
खुलेआम स्याँठ भन्न
रोकेको ठान्छौ तिम्रो समाजले ?
तिमीले छाति खोलेर निर्धक्क
प्यून
डरमर्दो कुवाको पानी
मलार्इ प्यून अनुरोध
गर्ने
नैतिक धरातल कहाँ छ
तिमीसंग ?
स्वयम तिम्रा आँखाले राम्ररी
ठम्याउन नसकेका
कुरामा
मसंग के जिद्दी गर्छौ ए मौलवी ?
स्ययम तिम्रो
जिव्रोले
निर्क्योल गर्न
नसकेको
स्वादको पक्षमा
मसंग के पैरवी गर्ने
शाहस गर्छौ पादरी ?
स्वयम तिम्रो प्यास
मेट्न नसक्ने
यो धमिलो पानी प्यून
कसरी अनुरोध गरौला पण्डित ?
तिमी स्वयमको जाडो
नढाक्ने
ती शंकास्पद राता
कपडाहरू
मलार्इ तिम्रो
जडाउरी चाहिदैन
ए स्वधोषित
क्रान्ति-नायक ?
किन थोपर्छौ विथ्थामा
अरूका काँधमा
यी घृणित दाशताका
बन्दुकहरू
बरू सक्छौ भने
स्वयम तिमी मुक्त
होउ
अनि मात्र हामी
पत्याउँला
तिमी जस्तै धेरै
अन्तराष्ट्रिय
ढाँटका निम्ताहरू ।
4 comments:
मन पर्यो। राम्रो छ। लेख्दै जानुहोला, पढ्दै जान पाइयोस्।
I am very much happy to know your contribution to Nepalese literary field specially in social activities .
i really loved your lines.. its so heart touching.. thank you for the post!!
nepal news
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment