Saturday, September 1, 2012

उधारो अनुभूति (कविता)



तिम्रै अगाडि मुस्कुराइरहेको
फक्रिदो गुलाफ
कस्तो देखियो जवाफ दिन
किन पल्टाउनु परिरहेकोछ
तिम्रा धार्मिक ग्रन्थका पन्नाहरू ?

तिमीले स्वयम चुसीरहेको
पाकेको सुस्वादु सुन्तलाको स्वाद
कस्तो लाग्यो भनेर भन्न
किन सोध्न खोज्दै छ
तिम्रा पुरोहित सित ?

तिमी स्वयमले भोगेको
पारिलो घामलाइ न्यानो भन्न
किन हिच्किचाहट हुन्छ तिमीलार्इ ?
उज्यालोलार्इ उज्यालो भन्न
किन असहज हुन्छ तिमीलार्इ ?
कालो देखिएको चिजलार्इ
किन डरलाग्छ तिमीलार्इ कालो भन्न ?
किन सिरेटोको चिसोलार्इ
खुलेम स्याँठ भन्न
रोकेको ठान्छ तिम्रो समाजले ?

तिमीले छाति खोलेर निर्धक्क प्यून
डरमर्दो कुवाको पानी
मलार्इ प्यून अनुरोध गर्ने
नैतिक धरातल कहाँ छ तिमीसंग ?

स्वयम तिम्रा ँखाले राम्ररी
ठम्याउन नसकेका कुरामा
मसंग के जिद्दी गर्छ ए मलवी ?
स्ययम तिम्रो जिव्रोले
निर्क्योल गर्न नसकेको
स्वादको पक्षमा
मसंग के पैरवी गर्ने
शाहस गर्छ पादरी ?
स्वयम तिम्रो प्यास मेट्न नसक्ने
यो धमिलो पानी प्यून
कसरी अनुरोध गरला पण्डित ?

तिमी स्वयमको जाडो नढाक्ने
ती शंकास्पद राता कपडाहरू
मलार्इ तिम्रो जडाउरी चाहिदैन
ए स्वधोषित क्रान्ति-नायक ?

किन थोपर्छ विथ्थामा
अरूका काँधमा
यी घृणित दाशताका बन्दुकहरू
बरू सक्छ भने
स्वयम तिमी मुक्त होउ
अनि मात्र हामी पत्याउँला
तिमी जस्तै धेरै
अन्तराष्ट्रिय ढाँटका निम्ताहरू । 

4 comments:

Unknown said...

मन पर्‍यो। राम्रो छ। लेख्दै जानुहोला, पढ्दै जान पाइयोस्।

Ram Krishna Sharma said...

I am very much happy to know your contribution to Nepalese literary field specially in social activities .

bluzog said...

i really loved your lines.. its so heart touching.. thank you for the post!!

nepal news

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।